• ४ असोज २०८३, आइतबार
  • १२ः०० राती

गृह मन्त्रालयद्वारा विभिन्न जिल्लामा सीडीओहरुको सरुवा

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०४:४५

काठमाडौं, गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । मन्त्रालयले कास्की, धनुषा, मकवानपुर, अछाम, धनकुटा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, बारालगायत जिल्लाका सीडीओको सरुवा गरेको हो ।

National Life

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा हुनुभएको छ भने कास्कीमा गृह मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाल नयाँ सीडीओ भएर जानु भएको छ ।

यस्तै, धनुषाका प्रमुख जिल्ला अधिकारी कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा सरुवा हुनु भएको छ भने उहाँको ठाउँमा सहसचिव कोश हरि निरौला सरुवा हुनु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेल गृह मन्त्रालयमा सरुवा हुनु भएको छ भने उहाँको ठाउँमा उपसचिव रुद्र प्रसाद पण्डितलाई कायममुकायम सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

प्रतिकृया