• १० असोज २०८३, शनिबार
  • १०ः३७ बिहान

विस्फोट गराएको आरोपमा विप्लव समूहका नेता पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०२:२५

काठमाडौं, निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेतालाई पक्राउ गरेको छ ।

National Life

आज (बुधबार) बिहान भक्तपुरको लोकन्थलीस्थित बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले भक्तपुरको सुकुम्बासी बस्तीबाट विप्लव समूहका नेता देव गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विप्लव नेता गुरुङलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जनाएको छ । बुधबार बिहान भएको विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया