• ४ असोज २०८३, आइतबार
  • ६ः१२ बेलुका

नाबालकले साढे १० लाख चोरेपछि…

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०८:०९

सुर्खेत । १० लाख ५० हजार रुपैयाँ चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ। वीरेन्द्रनगर नगरपालिका-६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले सोमबार ती नाबालकलाई नियन्त्रणमा लिएको हो।

National Life

जिल्ला प्रहरी कार्यालयका अनुसार किटानी जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको हो। घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ। प्रहरीले ती नाबालकको नाम गोप्य राखेको छ।

प्रहरी नायब उपरीक्षक रवि रावलले चोरी भएको १२ घण्टाभित्रै शङ्कास्पद बालकलाई गिरफ्तार गरिएको बताए। ’नाबालकको साथबाट रु एक लाख २० हजार बरामद गरेका छौँ’, उनले भने, ’सोधुपछका क्रममा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको खुलेको छ, अन्य व्यक्तिको खोजी कार्य तीव्र पारेका छौँ।’

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच सुर्खेत प्रहरीले झण्डै सात ग्राम लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। आइतबार राति १०:३० बजे वीरेन्द्रनगर-११ सुब्बाकुना चेकपोष्टमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा५ख ५९९४ नम्बरको गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको हो। प्रहरीले गाडीमा सवार एक यात्रु, गाडी चालक, सहचालक र गाडीसमेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया