• ४ असोज २०८३, आइतबार
  • ६ः५६ बेलुका

खैरो हेरोइनसहित युवती पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार ११:२९

काठमाडौं । प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसबाट ४।२६ ग्राम खैरो हिरोइनसहित युवतीलाई पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा झापाको शिव सतासी नगरपालिका९११ की २३ वर्षीया वीना डाँगी रहेकी प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार डाँगीले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा हिरोइन बरामद भएको हो ।

डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया