• ४ असोज २०८३, आइतबार
  • ४ः०३ बेलुका

आकासबाटै कालापानी क्षेत्र हेरेर फर्किए उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति

२०७६ फाल्गुन ६ गते, मंगलवार ०७:११

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली सोमबार सेनाको हेलिकप्टर लिएर उडे पनि भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र नपुगी फर्किएको छ ।

National Life

व्यास गाउँपालिका(१ छाङरुसम्म पुगेर टोली आकाशबाटै फर्केको हो । भ्रमण टोलीमा रहेका सुदूरपश्चिम प्रदेश सांसद गेल्बुसिंह बोहराले पाँच मिनेट जति छाङरु गाउँमाथिको आकाश हुँदै तिंकर खोलाबाट हेलिकप्टर टर्न भएको बताए । उनले छाडरुमा सशस्त्र प्रहरीको सीमा अवलोकन पोस्ट (बीओपी) स्थापना गर्ने स्थानको आकाशबाटै अवलोकन गरिएको बताए ।

फर्केपछि खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले नेपालका सीमा क्षेत्रमा क्रमशः सुरक्षा पोस्टहरू थपिदै जाने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया