• ६ असोज २०८३, मंगलबार
  • ६ः०१ बिहान

लागुऔषध सहित पाँच जना पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन १ गते, बिहीबार ०९:१२

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा न.४ चारदोबाटोबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र परिसर भक्तपुरबाट खटिएको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको परिसरका सुचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

National Life

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २६ वर्षीय राम कुमार खड्का, सूर्यबिनायक,कटुन्जे बस्ने २५ वर्षीय राधे मग्राती र काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीयको सुरेश भुजेल रहेको परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट नाइट्रोपाम ३ सय ३० ट्याब्लेट नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारमा घर निर्माणको काम गर्दै आएका २ जनालाई पनि प्रहरीले लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार मोरङ कञ्चनबारी गा.पा. ९ घर भई हाल काठमाण्डौ थानकोट बस्ने बर्ष ३१ को मनोज अधिकारी र भारत मोतिहारी जिल्ला घर भइ हाल सिरुटार बस्ने बर्ष ४३ को मनेजर शर्मालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट डाईजोपाम ३७ थान र फेनेरागन ३० थान नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत भक्तपुरमा पेश गरी लागुऔषध सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया