• ५ असोज २०८३, सोमबार
  • २ः३६ राती

एमसीसीको ‘फुलफर्म’ नजान्नेहरुले नै बहसको विषय बनाएः परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ०४:५०

गुल्मी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसीविरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ ।

National Life

मंगलबारदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृह जिल्ला आएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसीसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने उल्लेख र्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

जनताको वर्षौदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गर्नुभयो ।

प्रतिकृया