• ५ असोज २०८३, सोमबार
  • ४ः३२ बिहान

एनआरएनए एनसीसी अमेरीकाको पहिलो बैठक सम्पन्न

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ०१:०७

न्यूयोर्क, एनआरएनए एनसीसी अमेरीकाको ‘प्रोफेश्नल नेटवर्किंग कमिटी’ को पहिलो बैठक सम्पन्न भएको छ । यही फेब्रूअरी १, शनिबारको दिन फोन कन्फरेंस मार्फत् गैह्र आवासिय नेपाली संघ, अमेरीकाको प्रोफेश्नल नेटवर्किंग कमिटीको पहिलो बैठक सम्पन्न भएको हो ।

National Life

अमेरीकामा बिभिन्न पेशासंग आवद्ध रहेका दक्ष जनशक्तिहरूको बिचमा आपसी सन्जाल (Networking) स्थापनागरी वहॉहरूका पेशागत अनुभव, अनुसन्धान र ज्ञानलाई कसरी नेपाल तथा बिदेशमा बस्ने नेपालीहरूको हितमा उपयोग गर्न सकिन्छ भनेर उक्त बैठकमा गहन छलफल भयो।

उक्त नवगठित समितिका अध्यक्ष तथा एनआरएनए अमेरीकाका बोर्ड अफ डायरेक्टर सत्य नारायण चौधरीले सन्चालन गर्नु भएको उक्त बैठकमा सो कमिटिका पदाधिकारीहरूका साथै एनआरएनए अमेरीकाका अध्यक्ष सुनील साह, बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे तथा महासचिब पशुपति पाण्डेको पनि उपस्थिति थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया