• ५ असोज २०८३, सोमबार
  • ६ः०५ बिहान

तेस्रो लिंगी अजिताको हत्यामा संलग्न पाँच पक्राउ, यौन सम्पर्कपछि हत्या गरेको खुलासा

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ०१:००

हेटौँडा, तेस्रो लिङ्गी अजिता भुजेलको हत्या भएको १८ दिनपछि पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरिएका छन् । घटनामा प्रत्यक्ष संलग्न चारजना र अर्का एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गरी मंगलबार जानकारी गराएको हो ।

National Life

पक्राउ पर्नेमा हेटौंडा ११ निवासी २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा ४ निवासी २४ वर्षीय आशिस बल, हेटौंडा ४ निवासी २१ वर्षीय ह्याक्चर भन्ने बुद्ध लामा, हेटौंडा ९ निवासी १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा ४ बस्ने २५ वर्षीय घनटाउके भन्ने सुशिल थापा मगर रहेको प्रहरी जनाएको छ ।

यौन सम्पर्कपछि अजिताले माग गरेको रकममा बार्गेनिङ हुँदा हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशसिंह राठौरले जानएका छन् । अभियुक्तहरुको साथबाट ओप्पो कम्पनीको १ थान मोवाइल, ना ६ ख ६५२७ नम्बरको आइचर ट्रक बरामद गरिएको एसपी राठौरले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आइचर ट्रक चालक र उनका साथीहरुले ट्रकभित्र अजितासँग यौन सम्पर्क गरेको एसपी राठौरले बताए । उनका अनुसार अनुसन्धान अझै जारी रहेको छ । घटनाको कारण यौन र पैसाको विवाद देखिएको उनको भनाइ छ । प्रहरीले ४ माघमा बिहान क्याम्पा डाँडा नजिक कान्तिलोक पथको सडक किनारामा शव फेला पारेको थियो ।

प्रतिकृया