• ४ असोज २०८३, आइतबार
  • ७ः४१ बेलुका

मासुको मुल्य वृद्धि गर्ने व्यवसायीलाई कारबाही

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार १२:५४

काठमाडौँ, सरकारले कुखुराको मासुको मुल्य वृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने भएको छ । कुखुराको मासुको मूल्य एकै पटक अस्वभाविकरुपमा बढाएको भन्दै उपभोक्ता आक्रौशित भएपछि बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई कारबाही गर्ने तयारी गरेको हो ।

National Life

मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको र मङ्गलबारसम्म चित्तबुझ्दो जवाफ नआए बुधबारबाट कारबाही प्रक्रिया थाल्ने विभागले जनाएको छ ।

डेढ महिना अघि प्रतिकिलोको दुई सय पचास रुपैयाँ रहेको कुखुराको मासुको मुल्य व्यवसायीले चार सय २० रुपैयाँ पुर्‍याएका छन् । बिहे, वनभोजलगायतका कारण मासुको माग बढी हुने महिनामै व्यवसायीले मासुको भाउ बढाएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

व्यापारीले लागत मूल्य नपाएको भन्दै गएको मङ्सिर २९ गतेदेखि १० दिनसम चल्ला र चल्ला उत्पादन गर्न ठिक्क पारेका अण्डा नष्ट गरेका थिए ।

प्रतिकृया