प्रियंका चोपडाको ‘बोल्ड लुक्स’
प्रकाशित मिति
२०७६ माघ १४ गते, मंगलवार १०:३४
एजेन्सी : अमेरिकाको लस एन्जेलिस मा सम्पन्न ६२ औं ग्र्यामी अवार्डमा बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड गायक निक जोनससँग सहभागी भएकी थिइन् ।
यसै दौरान प्रियंका चोपडा रातो कार्पेटमा ग्ल्यामरस अवतारमा देखिइन् । उनले डिजाइनर राल्फ रुसोको गाउन लगाएकी थिइन् ।
गाउनको नेकलाइन निकै डिप थियो । उनले गाउनसँग स्टेटमेन्ट इयररिङ लगाएकी थिइन् । यसका साथै नाइटो पनि रिङ लगाएकी थिइन् । उनका पति निक पनि गोल्ड सूटमा निकै क्लासी देखिएका थिए । प्रियंकाले उक्त तस्बिरहरु इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् ।
प्रियंकाको लुक्सलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रकारका प्रतिक्रिया आइरहेका छन् ।

Priyanka Chopra, Nick Jonas. Priyanka Chopra, left, and Nick Jonas arrive at the 62nd annual Grammy Awards at the Staples Center, in Los Angeles
62nd Annual Grammy Awards – Arrivals, Los Angeles, USA – 26 Jan 2020







प्रतिकृया