• ५ असोज २०८३, सोमबार
  • ५ः४७ बेलुका

नियमविपरित गैर सदस्यसँग उच्च कारोवार गर्दै सुदर्शन बचत

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार ११:२६

मोरङ , मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले गैर सदस्यसँग उच्च कारोवार गर्ने गरेको खुलेको छ।
संस्थामा संस्थापक २५ जना शेयर सदस्य बाहेक अरुलाई शेयर धनी प्रमाण पुर्जा दिइएको छैन्। एक सय रुपैयाँमा शेयर सदस्य बनाउने र दैनिक बचत सङ्कलन गनर्बे तथा सोही शेयर प्रमाण पत्रका आधारमा ऋण दिने गरेको समेत खुलेको छ। कर्जा प्राप्त गर्ने ऋणीले कर्जा असुलेपछि शेयर सदस्य स्वत सदस्य मुक्त हुने गरेको एक शेयर सदस्यले बताएका छन्।

National Life

संस्थाले पछिल्लो वार्षिक साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदनमा समेत शेयर सदस्यको सङ्ख्या खुलाइएको छैन्। सहकारी संस्थाका छाता संगठनकै शैलीले सुदर्शन साकोसले सदस्यता आवद्धता भनेर प्रतिवेदनमा उल्लेख गरेको छ। अझ रोचक कुरा त सहकारीले हरेक वर्ष दर्जन बढी ऋणीलाई उत्कृष्ठ ऋणी भनेर सम्मान गरे पनि ति सम्मानित सदस्यको शेयर सदस्यता नं. सम्मान पत्रमा उल्लेख हुँदैन।

साधारण सभामा उच्च पदस्थ ब्यक्ति बोलाउने र राम्रो आतिथ्यता प्रदान गर्ने सुदर्शनको कायदाले धेरै बचत कर्ताहरू लोभिएको देखिन्छ। त्यति मात्र होइन, सुदर्शन साकोसले साधारण सभामा दर्जन बढी पत्रकारलाई बोलाएर कार्यक्रमको साक्षी राख्ने गरेको सहकारी बुझेकाहरू भनाई छ।उर्लाबारीमा ३ दर्जन बढी सहकारी संस्था छन्। ती सहकारी संस्थाले साधारण सभामा प्रस्तुत गर्ने प्रतिवेदनमा गत वर्षको प्रगति प्रतिवेदन, आगामी वर्षको प्रस्तावित कार्ययोजना र अनुमानित आय ब्यय र वास्तविक आय ब्यय प्रस्तुत हुन्छ।मृत्यु भएका, सम्मान पाउने, सहकारी संस्था छोडेका , विभिन्न छाता संस्थाका कार्यक्रममा सहभागि भएका सञ्चालकहरू नाम र तापलम तथा गोष्ठीको बारेमा खुलाइएको हुन्छ। तर, सुदर्शन साकोसको वार्षिक प्रतिवेदनमा अभिलेखात्मक विषय कुनै राखिएको हुँदैन।

Classic Tech Mobile
Classic Tech Desktop

समूदायमा आधारित नभई कम्पनी प्रालिको स्वरुपमा सञ्चालन भएको सुदर्शनका सञ्चालक सदस्य र लेखा समितिमा को को छन् भन्ने कुरा पनि प्रतिवेदनमा खुल्दैन। सञ्चालकको फोटो र मोवाइल नं. त परै जाओस नाम समेत उल्लेख हुँदैन, एक सहकारीकर्मीले जिज्ञासा प्रकट गरेका छन्। सुदर्शन साकोसले भित्तेपात्रोमा पनि कर्मचारीको मात्र फोटो राख्ने गरेको छ।नियमानुसार हरेक सहकारीले आफ्ना शेयर सदस्यहरू नाम सदस्य दर्ता कितावमा राख्नु पर्ने कानूनी ब्यवस्था छ। प्रत्येक सदस्यले कति कित्ता शेयर खरिद गरेका छन्। र नियमित मासिक बचत कति गर्छन् सोहीका आधारमा सदस्यलाई दिने ऋणको अङ्क तय गर्ने गरिन्छ।

तर , सुदर्शन साकोसमा दैनिक बचत बाहेक नियमित बचत गर्न शेयर सदस्य अत्यन्तै कम रहेका छन्। संस्थापक शेयर सदस्यहरूले समेत प्राप्त मुनाफालाई वर्षमा एक पटक बचत खातामा हाल्ने गरेको जानकारहरू बताउँछन् ।अझ रोचक कुरा त सहकारी संस्थाले संस्था सञ्चालन गर्न डिभिजन सहकारी कार्यालयमा दर्ता अनुमति लिन बनाएको बिनियम बाहेक अरु कुनै नीति निर्माण गरेको छैन्। सुदर्शनले गरेको आर्थिक कारोवार हेर्दा संस्थालाई संस्था सञ्चालन नीति, ऋण नीति, बचत नीति, लगायत दर्जन बढी नीति आवश्यक देखिएको छ। तर, नीति कुन चरीको नाम हो सञ्चालकहरू जान्न र बुझ्न चाहदैनन् ।

सदस्यहरूलाई रात्रीकालिन सेवा समेत दिँदै आएको सुदर्शन साकोसकै टिमले झापाको दमकमा समेत सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालन गरेको बुझिएको छ।

प्रतिकृया