• ५ असोज २०८३, सोमबार
  • ६ः२६ बेलुका

ललितपुरको गावाहलमा शंकास्पद वस्तु फेला

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार ११:०९

काठमाडौं , ललितपुरको पाटन गावाहलमा शनिबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।टेपले बेरिएको अवस्थामा गावाहलको सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको बताए ।

National Life

अहिले प्रहरीले शंकास्पद वस्तु भएको क्षेत्रमा घेरा हालेर सुरक्षित साथ राखेको छ ।शंकास्पद वस्तु भेटिएको क्षेत्रमा प्रहरीले घेरा हालेपछि अहिले यो सडकको सवारी आवागमन पनि प्रभावित भएको छ ।

प्रतिकृया