• ५ असोज २०८३, सोमबार
  • १०ः०५ बिहान

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता

प्रकाशित मिति

२०८३ आश्विन ५ गते, सोमबार ०९:४३

५ असोज २०८३ काठमाडौं — बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ आज असोज ५ गते बाँडफाँड भएको छ । कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ एनएमबि क्यापिटल लिमिटेडले आज सोमबार बिहान ९ बजे बाँडफाँड गरेको हो ।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आईपीओमा २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

मागभन्दा करिब ३० गुणा बढी आवेदन परेपछि आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । बाँडफाँडबाट ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी आवेदकको भने आईपीओ हात खाली भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया