• २४ भदौ २०८३, बुधबार
  • ९ः४६ बिहान

जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा

प्रकाशित मिति

२०८३ भाद्र २३ गते, मंगलवार ११:२०

२३ भदौ २०८३ काठमाडौं — जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा सरकारले आज भदौ २३ गते जेनजी शहीद दिवस मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ।

National Life

सरकारले गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सार्वजनिक सेवाहरू बन्द रहनेछन्।

गत वर्ष भदौ २३ गते जेनजी पुस्ताका युवाहरू सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै सडकमा उत्रिएका थिए। सुरुमा सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा र अभिव्यक्ति स्वतन्त्रताको मागसहित सुरु भएको आन्दोलन विस्तारै भ्रष्टाचार, नातावाद–कृपावाद, बेरोजगारी, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि तथा सार्वजनिक सेवा र राज्य सञ्चालनको शैलीविरुद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन चर्किँदै गएपछि भदौ २३ र २४ गते अवस्था तनावपूर्ण बनेको थियो। काठमाडौंमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसपछि आन्दोलन थप उग्र बन्दै गएको र दुई दिनको अवधिमा मृतकको संख्या ७६ पुगेको थियो।

आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी संरचनामा तोडफोड र आगजनीका घटना समेत भएका थिए। नयाँ बानेश्वरस्थित संसद् भवन परिसरसमेत आन्दोलनको केन्द्र बनेको थियो।

आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। उक्त सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेको र निर्वाचनपछि झण्डै दुईतिहाइ बहुमतसहित बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको हो।

प्रतिकृया