• १८ भदौ २०८३, बिहीबार
  • १ः५२ दिउँसो

सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ

प्रकाशित मिति

२०८३ भाद्र १८ गते, बिहीबार ०१:०४

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुङभित्र फसेकाहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि घिसिङले मानिसको जीवन रक्षा नै पहिलो प्राथमिकता भएकाले सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्नुपर्ने बताएका हुन्।

उनले सुरुङभित्र उद्धारका लागि कुनै विशेष प्रविधि आवश्यक नभई आवश्यक उपकरण र दक्ष प्राविधिक परिचालन गरेर समयमै काम गर्नुपर्ने बताए।

Kamana Sewa

घिसिङका अनुसार प्रधानमन्त्री शाहले पनि सुरुङभित्र फसेकाहरूको उद्धारबारे चिन्ता व्यक्त गरेका छन्। स्वदेशी प्राविधिक परिचालनसँगै आवश्यक परे विदेशी विज्ञ तथा प्राविधिक ल्याएर उद्धार गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले बताएको घिसिङले जानकारी दिए।

Classic Tech Desktop

प्रतिकृया