• १७ भदौ २०८३, बुधबार
  • ३ः३७ दिउँसो

नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार ०३:२५

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अंकले बढेर २ हजार ५३८.११ बिन्दुमा पुगेको छ। आज ३५४ कम्पनीका ७२ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा कुल २ अर्ब ९३ करोड ६५ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका समूहमध्ये ११ समूहको सूचक बढेको छ भने २ समूह घटेका छन्। म्युचुअल फन्ड समूह ०.०९ प्रतिशत र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको छ।

Kamana Sewa

आज १९३ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile

प्रतिकृया