• ४ असोज २०८३, आइतबार
  • ६ः२५ बेलुका

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार १०:०७

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ ।

National Life

नेपाल बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्ने व्यवस्था गर्दै आफ्नो वेबसाइटमा विभिन्न पहुँचमैत्री सुविधाहरु समावेश गरी सबै बर्गका ग्राहकहरुका लागि समान पहूँच सुनिश्चितता गरेको छ ।

नयाँ व्यवस्था अन्तर्गत वेबसाईटमा स्क्रिन रिडर मैत्री संरचना, अक्षर आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट विकल्प तथा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरुलाई लक्षित अन्य आवश्यक पहुँच सम्बन्धी सुविधाहरु समावेश गरिएको छ । समावेशी बैंकिङ सेवाप्रति बैंक प्रतिबद्ध रहेको र सबै नागरिकलाई सहज, सुरक्षित तथा पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने आफ्नो दायित्वलाई निरन्तर सुदृढ गर्दै जाने विश्वास बैंकले व्यक्त गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रतिकृया