• ५ असोज २०८३, सोमबार
  • १०ः४६ बिहान

राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा दैनिक, अब बैंकहरूले हरेक दिन पैसा राख्न पाउने

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार १०:३३

१३ जेठ २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको समय घटाउँदै अबदेखि दैनिक रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि आइतबार, मंगलबार र बिहीबार मात्रै उपलब्ध हुँदै आएको सुविधा अब कार्यालय खुल्ने हरेक दिन प्रयोग गर्न सकिने भएको हो।

National Life

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा कायम गरेपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था लागू गरेको जनाएको छ। स्थायी निक्षेप सुविधा भनेको बैंक तथा वित्तीय संस्थासँग रहेको अधिक तरलता एक दिनका लागि राष्ट्र बैंकमा राख्ने व्यवस्था हो।

यसअघि बैंक तथा वित्तीय संस्थाले तीन दिनका लागि मात्रै पैसा राख्न पाउने व्यवस्था रहेकामा अब एक दिनमै सुविधा लिन सकिने भएको छ। राष्ट्र बैंकका अनुसार बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र सुविधा उपलब्ध हुनेछ र राखिएको रकमको साँवा तथा ब्याज भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकले अन्तरबैंक सापटीको दायित्व बाँकी नरहेको तथा न्यूनतम ब्याजदर सम्बन्धी मापदण्ड पूरा गरेका संस्थाको अधिक तरलता मात्रै स्वीकार गर्ने जनाएको छ। साथै नगद सञ्चिति अनुपात (सीआरआर) ४ प्रतिशत कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले यो सुविधा नपाउने व्यवस्था गरिएको छ।

स्थायी निक्षेप सुविधामा केन्द्रीय बैंकले २.७५ प्रतिशत ब्याजदर दिनेछ। यसको न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ। हाल बैंक तथा वित्तीय संस्थाको अधिक तरलता राष्ट्र बैंकमा करिब साढे १० खर्ब रुपैयाँ रहेको बताइएको छ।

प्रतिकृया