• १ भदौ २०८३, मंगलबार
  • २:११ बिहान

जेनजी आन्दोलनका कारण राष्ट्रपति कार्यालयसहित ठूलो मात्रामा लेखा परीक्षण प्रभावित

प्रकाशित मिति

२०८३ जेष्ठ ५ गते, मंगलवार १२:०३

५ जेठ २०८३ काठमाडौं-  २३–२४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा कागजात जलेपछि यस वर्ष राष्ट्रपति कार्यालयकै लेखा परीक्षण हुन नसकेको पाइएको छ । महालेखा परीक्षकको कार्यालय का अनुसार राष्ट्रपति कार्यालयमा रहेका आर्थिक वर्ष २०८१/८२ का स्रेस्ता तथा कागजात आन्दोलनका कारण नष्ट भएकाले विनियोजन, राजस्व र धरौटीसम्बन्धी गरी करिब १६ करोड २९ लाख रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको हो ।

महालेखा परीक्षक तोयम रायाका अनुसार आन्दोलनका कारण देशभरका संघीय, प्रदेश, स्थानीय तह तथा विभिन्न निकाय गरी कुल १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण प्रभावित भएको छ ।

Kamana Sewa

यस वर्ष कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखा परीक्षण सम्पन्न भएको छ भने बेरुजु पनि विभिन्न तहमा उल्लेख्य देखिएको महालेखाले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया