• ३ असोज २०८३, शनिबार
  • ६ः०४ बेलुका

भौतिक पूर्वाधार मन्त्रालयद्वारा २० पदाधिकारी पदमुक्त,के-के परे ?

प्रकाशित मिति

२०८३ बैशाख २२ गते, मंगलवार ११:४३

२२ बैशाख २०८३ काठमाडौं- नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्ना मातहतका विभिन्न सार्वजनिक निकायमा कार्यरत २० जना पदाधिकारीलाई पदमुक्त गरेको छ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ को दफा (२) को उपदफा (१) बमोजिम उनीहरूलाई पदबाट हटाइएको हो। यो निर्णय २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी गरिएको मन्त्रालयले जनाएको छ।

National Life

पदमुक्त हुनेमध्ये सबैभन्दा धेरै पदाधिकारी नेपाल इन्जिनियरिङ परिषद् बाट रहेका छन्। परिषद्का अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रारसहित १० जना सदस्यहरू पदमुक्त भएका छन्। त्यसैगरी सडक बोर्ड नेपाल का चार जना सदस्य र नेपाल रेल्वे बोर्ड का रेल्वे प्रशासकसहित तीन जना पदाधिकारीलाई पनि जिम्मेवारीबाट हटाइएको छ।

मन्त्रालयका अनुसार अध्यादेशअनुसार आवश्यक प्रक्रिया पूरा गरी पदमुक्तिको निर्णय गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया