बागमती प्रदेशका अस्पताललाई १० प्रतिशत निःशुल्क शय्या अनिवार्य
प्रकाशित मिति
२०८२ चैत्र २४ गते, मंगलवार ०१:४२
२४ चैत,२०८२ काठमाडौं – बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका निजी तथा गैरसरकारी अस्पतालहरूलाई कुल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीका लागि निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्यमन्त्री किरण थापामगरका अनुसार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ बमोजिम उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
नियम पालना नगर्ने अस्पतालमाथि कारबाही हुने चेतावनी पनि दिइएको छ। मन्त्रालयले अस्पतालहरूलाई सामाजिक सेवा इकाई स्थापना गरी लक्षित वर्गलाई निःशुल्क उपचार तथा औषधि उपलब्ध गराउन र त्यसको मासिक विवरण पेश गर्न समेत निर्देशन दिएको छ।
साथै, प्रदेशका ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अभियानसमेत सञ्चालनमा ल्याइएको छ।

Related
Recent News
- नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था
- Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव
- सामसङ नेपालको दशैं–तिहार अफर: क्यासब्याक, पक्का उपहार र लक्की ड्रका साथ जित्नुहोस् आकर्षक पुरस्कार
- रिलायबल नेपाल लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
- भोलि पहिलो विदेश भ्रमणमा बालेन, महासभामा नेपालका विपद् र जलवायु संकट सुनाउने
- महासभामा जानुअघि बालेनले भेटे कांग्रेस नेताहरू
- प्रसूति बिदा ६ महिना, बुबालाई ४२ दिन स्याहार बिदाको प्रस्ताव
- त्रिपुरेश्वरमा चालकले बसमा किन लगाए आगो?
- जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया