कस्तो रहला आज देश भरको मौसम ?
प्रकाशित मिति
२०८२ फाल्गुन १५ गते, शुक्रबार ०९:२०
१५ फाल्गुन,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार यसको प्रभाव विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा देखिएको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ।
आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्नेछ। देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहने विभागले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
विभागले वर्षा, हिमपात र चट्याङबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।








प्रतिकृया