रेनुलाई जिताउन पहल नगरेको प्रचण्डको दाबी, कसैको बहुमत नआउने अनुमान
प्रकाशित मिति
२०८२ फाल्गुन १४ गते, बिहीबार ०४:२४
१४ फाल्गुन,२०८२ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ मा रेनु दाहाललाई जिताउन कुनै पहल नगरेको स्पष्ट पारेका छन्। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोपलाई अस्वीकार गर्दै तालमेलका लागि कुनै वक्तव्य वा पहल नगरेको बताए।
उनले फागुन २१ गतेको निर्वाचन सुनिश्चित भइसकेको उल्लेख गर्दै असहज परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएको बताए।
प्रचण्डले हालको निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत नआउने दाबी गरे। एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने उल्लेख गर्दै नेकपा एकताबद्ध रूपमा मैदानमा रहेको र देशभर राम्रो माहोल बनेको दाबी गरे।
उनले अतिवादी प्रवृत्तिले चुनाव जिते देशले दुःख पाउने चेतावनी दिँदै शान्ति प्रक्रिया र संविधानको मर्मअनुसार जुनसुकै परिणाम आए पनि स्वीकार गर्नुपर्ने धारणा राखे।








प्रतिकृया