• ४ असोज २०८३, आइतबार
  • ९ः५३ राती

दुई जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०९:४९

मंसिर १६, २०८२ काठमाडौं – मंसिर १६ गते, मंगलबार, सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले लाभांश सुरक्षित गर्नुपर्ने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले यही मितिमा बुकक्लोजका प्रक्रिया अघि बढाउँदैछन्।

National Life

माउन्टेन इनर्जीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली एक दिनका लागि बुकक्लोज गर्नेछ, जबकि सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज रहने व्यवस्था गरेको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले दुवै कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

सुपर मादी हाइड्रोपावर (SMHL) ले हाल कायम चुक्ता पूँजीको ५% बोनस शेयर र कर प्रयोजनार्थ ०.२६४२% नगद लाभांश वितरण गर्ने प्रस्तावसहित पुस ४ गते होटल इम्पेरियलमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुने छ।

Classic Tech Mobile
Classic Tech Desktop

उता, माउन्टेन इनर्जी (MEN) ले हाल कायम चुक्ता पूँजीको २०% बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ।

प्रतिकृया