कैलालीमा जिल्ला अदालतमा आगजनी गर्ने तीन जनालाई पक्राउ
प्रकाशित मिति
२०८२ मंसिर ३ गते, बुधबार ०१:२०
मंसिर ३, २०८२ कैलाली – गत भदौ २४ गते कैलाली जिल्ला अदालतमा भएको आगजनी प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र २४ वर्षीय भरत बम रहेका छन्।
कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, जिल्ला अदालतले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो। अदालतले आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कारवाहीमा ल्याउन माग गरेको थियो।
२४ भदौको घटनामा जिल्ला अदालत कैलालीमा २००७ सालदेखिका ३० हजारभन्दा बढी मुद्दाका मिसिल जलेर नष्ट भएका थिए। प्रहरीले यस सम्बन्धमा अनुसन्धान जारी राख्दै कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया