• ४ असोज २०८३, आइतबार
  • ५ः०५ बेलुका

सिराहामा डाँका समूहको गोली प्रहार, बुबा–छोरा भए गम्भीर घाइते

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार ०९:४६

मंसिर  ३, २०८२ सिराहा — सिराहामा डाँका समूहले गरेको गोली प्रहारबाट बुबा–छोरा दुई जना गम्भीर घाइते भएका छन्। कल्याणपुर नगरपालिका–१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतोलाई छातीमा गोली लागेको सिराहा प्रहरीका प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी दिएका छन्।

National Life

घाइते दुवैजनालाई राति नै उपचारका लागि विराटनगर लगिएको छ। डीएसपी पालका अनुसार मध्यराती घरमै पसेका डाँका समूहले लुटपाट गर्ने प्रयास गरेका थिए। सो क्रममा परिवारले प्रतिकार गर्न खोजेपछि डाँकाहरूले गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया