• ६ असोज २०८३, मंगलबार
  • १२ः४३ राती

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको लागि दियो निवेदन

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार ११:१८

काठमाडौं । विभिन्न वाम दल र समूहहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका १० वटा वाम दल र समूहहरूको एकतापछि गठित उक्त पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा निवेदन दर्ता गरेको हो।

National Life

नवगठित पार्टीले आगामी निर्वाचनका लागि आफ्नो चुनाव चिन्ह ‘पाँचकुने तारा’ प्रस्ताव गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त गरेको पुष्टि गरेको छ। उनका अनुसार आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ।

दल दर्ता निवेदनसँगै दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्र समेत आयोगमा पेश गरिएको नेता शिव खकुरेलले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया