• ३ असोज २०८३, शनिबार
  • ८ः५२ राती

काठमाडौंमा ट्राफिक कोन र बारमार्फत नयाँ ट्राफिक व्यवस्था

प्रकाशित मिति

२०८२ आश्विन ११ गते, शनिबार ०८:१४

असोज ११, २०८२ काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक जाम र दुर्घटना न्यूनीकरण गर्न २,५०० ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ।सिंहदरबार–भद्रकाली–माइतीघर क्षेत्रजस्ता व्यस्त सडकखण्डमा च्यानलाइजेसनमार्फत अनुशासित ड्राइभिङ प्रवर्द्धन गर्ने लक्ष्यसहित यो काम अघि बढाइएको हो।

National Life

काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगका सहायकविज्ञ अनुकुल निधिका अनुसार, ट्राफिक कोनहरू ९००–१,००० मिमि अग्ला र ३–५ केजी तौलका छन्, जसले सजिलै हटाउन नसकिने बनाउँछ।

प्रत्येक सेटमा २ वटा कोन र २ मिटर लामो एक रिट्र्याक्टेबल बार रहेको छ। यी सामग्रीहरू राति पनि स्पष्ट देखिने विशेषता भएका छन्। यो पहल सडक च्यानलाइजेसन, लेन अनुशासन, र दक्षिण एसियाली ड्राइभिङ प्रवृत्तिमा सुधार ल्याउने उद्देश्यले गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

कामपाले ट्राफिक व्यवस्थापनमा वैज्ञानिक दृष्टिकोण, डेटा–आधारित निर्णय, र प्रविधिको प्रयोगलाई अनिवार्य मानेको छ।

प्रतिकृया