• १६ असोज २०८३, शुक्रबार
  • १०ः११ बिहान

सुशीला कार्की नेतृत्व मन्त्रिपरिषद्‌को आज शपथ ग्रहण

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार ०९:०६

भदौ ३०,२०८२ काठमाडौं – अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले आज (सोमबार) बिहान ११:३० बजे शपथ ग्रहण गर्ने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि आयोजना हुनेछ, जसका लागि अहिले तयारी भइरहेको छ।

National Life

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार तीन मन्त्रीको नाम टुंगो लगाएकी थिइन्। अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिइएको स्रोतले जनाएको छ।

त्यसक्रममा अर्यालले गृहसँगै कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् भने घिसिङलाई ऊर्जा बाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मा दिने तयारी भएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

तर मन्त्री नियुक्तिको विषयमा असन्तुष्टि पनि देखिएको छ। सुदन गुरुङ समूहका केही युवाले गएराति प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि भेला भई कार्कीविरुद्ध नाराबाजी गरेका थिए।

प्रतिकृया