• ३ असोज २०८३, शनिबार
  • १०ः२७ राती

प्रभु बैंकको नाफामा ९६५प्रतिशत वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार १०:१४

श्रावण २८,२०८२ काठमाडौं —प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ९६५.४१ प्रतिशत वृद्धि गर्दै ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा बैंकले ५१ करोड ८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो।

National Life

अघिल्लो वर्ष ११ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो आम्दानी गत वर्ष ३९.४७ प्रतिशतले घटेर ७ अर्ब १९ करोड रुपैयाँमा झरेको छ। कुल आम्दानी पनि १४ अर्ब ५३ करोड रुपैयाँबाट २७.२८ प्रतिशतले घट्दै १० अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ।

आम्दानीमा गिरावट भए पनि सञ्चालन नाफा ३ अर्ब १५ करोड रुपैयाँबाट दोब्बर वृद्धि हुँदै ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्षको २.१७ रुपैयाँबाट बढेर २३.१२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ कायम भएको छ। खराब कर्जा ४.९६ प्रतिशतमै स्थिर छ।

Classic Tech Mobile
Classic Tech Desktop

चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा १३ अर्ब ५५ करोड रुपैयाँ छ। अघिल्लो वर्ष ३ अर्ब २ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष १ अर्ब ४ करोड रुपैयाँ धनात्मकमा पुगेको छ। बैंकले २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

प्रतिकृया