भक्तपुर अस्पतालमा डायलासिस सेवा शुभारम्भ, मिर्गौला पीडितलाई सहज उपचार
प्रकाशित मिति
२०८२ श्रावण १४ गते, बुधबार १२:१०
श्रावण १४, २०८२ काठमाडौं । भक्तपुर अस्पतालमा मिर्गौला पीडितका लागि डायलासिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ। बिहीबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक विशेष समारोहका बीच सेवा उद्घाटन गरे।
बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ शय्याको डायलासिस सेवा सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रममा मन्त्री थापामगरले डायलासिस सेवा मिर्गौला पीडितका लागि आशाको किरण भएको उल्लेख गर्दै भने, “हजारौँ मिर्गौला पीडितका आँखामा आशा ल्याउने आजको दिन, भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ। यो स्वास्थ्य सुविधा पहुँचको हक हो—यो हाम्रो प्रतिबद्धताको एउटा प्रगाढ अभिव्यक्ति हो।”
उक्त कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेन्द्र भट्ट, अस्पताल विकास समितिका अध्यक्ष शसिजंग थापा लगायतको उपस्थिति थियो।
डायलासिस सेवा सुरु भएसँगै भक्तपुर र आसपासका मिर्गौला पीडितहरूलाई राजधानी धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।






प्रतिकृया