• ४ असोज २०८३, आइतबार
  • २ः३२ दिउँसो

कैलालीमा विष खुवाएर शिक्षकको हत्या

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ११:३०

श्रावण ५  ,२०८२ काठमाडौं । कैलालीको टीकापुरमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका–१ चारकठ्ठाका ३२ वर्षीय वीरेन्द्र हमाल छन्।

National Life

प्रहरीका अनुसार उनीहरूलाई धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या आरोपमा पक्राउ गरिएको हो। पन्त जानकी गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत थिए।

शनिबार दिउँसो खाजा खाने क्रममा बेहोस भएका पन्तलाई टीकापुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। शंकास्पद मृत्युपछि परिवारको जाहेरीका आधारमा विष खुवाएर हत्या गरिएको आरोपमा उनका तीन जना साथी पक्राउ परेका हुन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया