• ५ असोज २०८३, सोमबार
  • २ः२९ राती

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औं बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ०६:१३

असार २९, २०८२ काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ बसन्त पार गरेर १९औं बर्षमा प्रबेश गरेको छ । यही १९औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

National Life

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । साथै १९औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो ।उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानि गर्न सकिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया