• ४ असोज २०८३, आइतबार
  • १२ः०५ दिउँसो

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा बुधबार ५० अर्ब संकलन हुने

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार ११:१८

असार १ , २०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न आज ५० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट झिक्न लागेको छ।राष्ट्र बैंकले ६३ दिन अवधिको अल्पकालीन उपकरण प्रयोग गरी उक्त रकम संकलन गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता देखिएपछि केन्द्रीय बैंकले नियमित रूपमा आइतबार र बुधबार यस्तो प्रक्रिया सञ्चालन गर्दै आएको छ।

National Life

आज दिउँसो ३ बजेपछि अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।निक्षेप संकलन प्रक्रियामा इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमभित्र आवेदन दिन सक्नेछन्। यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ११ गते हुनेछ । निक्षेप संकलनमा क, ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। यस कदमलाई केन्द्रीय बैंकले वित्तीय प्रणालीमा सन्तुलन कायम गर्न र अल्पकालीन तरलता व्यवस्थापन गर्न चालेको नियामक पहलका रूपमा हेरिएको छ।

प्रतिकृया