• ४ असोज २०८३, आइतबार
  • १ः५६ राती

पतञ्जलि जग्गा प्रकरण : माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुने

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार ११:०९

असार १ , २०८२ काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा उपस्थित हुने भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि योगपीठलाई सरकारी जग्गा सट्टापट्टा गर्दा अनियमितता भएको भन्दै नेपालसहितका विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

National Life

त्यही मुद्दाको सिलसिलामा माधव नेपाल आफैँ विशेष अदालतमा उपस्थित हुने जनाइएको छ। उनी प्रधानमन्त्री भएका बेला सरकारी स्वामित्वको जग्गा पतञ्जलिलाई सस्तो दरमा उपलब्ध गराएको आरोप लागेको छ। नेपाल हालसम्म यस प्रकरणमा सार्वजनिक रूपमा आरोप अस्वीकार गर्दै आएका छन्।

प्रतिकृया