• ४ असोज २०८३, आइतबार
  • २ः४५ दिउँसो

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ११:०८

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार रायलाई शनिबार नेपाल–भारत सिमानास्थित बेलहीया नाकाबाट पक्राउ गरिएको हो। यद्यपि स्रोतका अनुसार उनलाई भारतीय भूमिबाट पक्राउ गरिएको दाबी गरिएको छ।

National Life

६५ वर्षीय रायलाई हाल म्याद थपका लागि बाँके लगिँदैछ। सल्यान स्थायी घर भएका राय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बस्दै आएका थिए। उनी २०७६ सालदेखि २०७९ सालसम्म कर्णाली डेभलपमेन्ट बैंकको सीईओको रूपमा कार्यरत थिए।

उनीमाथि बैंकबाट करिब ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ। बैंकको आन्तरिक छानबिनबाट रायसँगै पूर्व सीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाहसमेत अपचलनमा संलग्न रहेको खुलेको छ। अपचलनको अनुसन्धान सुरु भएपछि राय फरार भएका थिए। घटनापछि राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया