• ४ असोज २०८३, आइतबार
  • ७ः१३ बिहान

एनएमबि बैंक र एक्यानबीच विशेष सहकार्य, चार्टर्ड एकाउन्टेन्ट्सलाई लक्षित सेवाहरू प्रदान गर्ने

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ११:१८

एनएमबि बैंक लिमिटेडले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ACAN)सँग विशेष सहकार्य गर्दै समझदारीपत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौतामार्फत एक्यानमा आबद्ध सदस्यहरूलाई लक्षित गर्दै बैंकले विभिन्न विशेष बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्नेछ।

National Life

बैंकका अनुसार, यो सहकार्य समावेशी र मूल्य-आधारित बैंकिङ अवधारणामा आधारित छ, जसले नेपालका पेसागत वर्गलाई सुलभ र प्रभावकारी वित्तीय पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ। वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टहरूको योगदानलाई सम्मान गर्दै बैंकले विशेष सेवा प्याकेज सार्वजनिक गरेको हो।

एक्यान सदस्यहरूका लागि उपलब्ध विशेष सेवाहरू :

Classic Tech Mobile
Classic Tech Desktop
  • कर्जा लिँदा प्रशासनिक शुल्कमा विशेष छुट
  • कागजात प्रक्रिया सरल र छरितो
  • एनएमबि VISA प्लेटिनम क्रेडिट कार्ड सुविधा
  • ग्रीन सेभिङ्स खाता सहितका डिजिटल र कार्ड सेवाहरू
  • व्यक्तिगत सम्बन्ध व्यवस्थापनसहितको प्राथमिक बैंकिङ सेवा

बैंकले यो सहकार्य आफ्नो सेवा विस्तारको रणनीतिक हिस्साका रूपमा लिएको जनाएको छ, जसले पेसागत वर्गलाई लक्षित गर्दै दिगो र पहुँचयोग्य बैंकिङ समाधान दिने उद्देश्य राखेको छ।

प्रतिकृया