• ३ असोज २०८३, शनिबार
  • ७ः५५ बेलुका

अग्नि सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ नहुने

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ०९:४९

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ नहुने भएको छ। संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखेर आज सुनुवाइका लागि मिति तोकिएको भए पनि एकजना न्यायाधीश अनुपस्थित हुने भएपछि सुनुवाइ नहुने भएको हो।

National Life

संवैधानिक इजलासमा रहेका न्यायाधीश कुमार रेग्मी हाल उच्च अदालत निरीक्षणका क्रममा जुम्ला पुगेका छन्। त्यही कारण सापकोटा जोडिएको द्वन्द्वकालीन कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धान र अभियोनको विवादबारे सर्वोच्चबाट हुनुपर्ने निकासा थप पर धकेलिएको सर्वोच्च प्रशासनका एक अधिकारीले बताए।

त्यसपछि चैत २७ र वैशाख १० गते सुनुवाइका लागि मिति तोकिएको भए पनि ती दुवै मितिमा मुद्दाको फाइल नै खोजिएन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया