• ४ असोज २०८३, आइतबार
  • ४ः२२ बिहान

हेल्थी च्वाइस एस्थेटिक अस्पतामा एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा थप ५% छुट

प्रकाशित मिति

२०८२ जेष्ठ ६ गते, मंगलवार १२:४८

काठमाडौँ । हेल्थी च्वाइस एस्थेटिक अस्पतालकोसम्पूर्ण अफरमा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा थप ५% सम्मको विशेष छुट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत ८ वर्ष देखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पताल बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५% सम्मकोविशेष छुट दिने सम्झौता भएको हो ।

National Life

एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले पि. ओ .एस मार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५% छुट पाउने छन् ।भने ,ओपि डि परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण,MIFURF , MNRF,सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५% छुट पाउने छन्।

एससीटीको हाल सदस्यहरू ५ ’क’ वर्गका बैंक, ६ ’ख’ वर्गका बैंक, ११ ’ग’ वर्गका बैंक र १००ं सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र हेल्थी च्वाइस एस्थेटिक अस्पताललेल्याएको यो अफरलेमाथि उल्लेखित बैंकहरूबाट एससीटी–युपिआइ कार्ड लिनुभएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्ने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया