• २३ भदौ २०८३, मंगलबार
  • १ः१० दिउँसो

ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रकाशित मिति

२०८१ चैत्र २७ गते, बुधबार ०८:०५

चैत्र २७, २०८१ काठमाडौँ: डेनमार्क अधिराज्यका लागि नेपालकी राजदूत सुम्निमा तुलाधरले त्यहाँका नरेश फ्रेडरिक आन्द्रे हेनरिक क्रिश्चियनसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छन् ।

National Life

कोपनहेगनस्थित क्रिश्चियनबोर्ग दरबारमा आयोजित विशेष समारोहमा उहाँले मङ्लबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । प्रमाणपत्र पेस गरेपछि डेनिस नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के.पी. शर्मा ओलीका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै डेनमार्कका जनताको दिगो समृद्धिको कामना गर्नुभएको कोपनहेगनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा नेपाल–डेनमार्क सम्बन्धका विविध पक्षबारे छलफल हुनाका साथै नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको सगरमाथा संवादबारे जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसूफले २०७२ सालको भूकम्पछि पश्चिम नेपालमा भएको मानवीय सहायता परिचालनको अवलोकन गरेको स्मरण गर्दै जलवायु परिवर्तन र हिमालय क्षेत्रमा त्यसको हानिकारक प्रभावबारे चिन्ता व्यक्त गरेका छन् ।

प्रतिकृया