• ३ असोज २०८३, शनिबार
  • ३ः२२ दिउँसो

बालेनको चेतावनी- एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु !

प्रकाशित मिति

२०८१ चैत्र १२ गते, मंगलवार १०:०९

चैत्र १२, २०८१ काठमाडौँ: काठमाडौँ महानगरका मेयर बालेन शाहले सरकारलाई चेतावनी दिदै एक सातामा महानगरका कर्मचारीले तलब नपाएमा सबैलाई टुकुचामा गाडिदिने बताएका छन् ।

National Life

बालेनले सामाजिक सञ्जालमा लेख्दै सरकारको दम्भले काठमाडौं महानगका सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब नपाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!

प्रतिकृया