• ५ असोज २०८३, सोमबार
  • ३ः३७ राती

सानिमा रिलायन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८१ चैत्र ११ गते, सोमबार १०:३४

चैत्र ११, २०८१ काठमाडौँ: सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा मिति २०८१ चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष श्री रतन लाल केडियाज्यूको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षज्यूले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गर्नुभयो ।

National Life

कम्पनीको आठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. ०८०÷८१ वार्षिक प्रतिवेदन सहित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि को आ.व. ०८०÷८१ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,९५,३०,६५,२२४।– (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस मात्र) को ८ प्रतिशतका दरले हुने रकम रु.३९,६२,४५,२१८।– (अक्षरेपी उनन्चालिस करोड बैसाठी लाख पैंतालिस हजार दुई सय अठार मात्र) बराबरको नगद लाभाशं (बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) वितरण गर्ने साथै विद्यमान चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले हुने रकम रु.६,१८,५८,८३२।– (अक्षरेपी छ करोड अठार लाख अन्ठाउन्न हजार आठ सय बत्तीस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर तथा नगद लाभाश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि रु.५,०१,४९,२४,०५६।– (अक्षरेपी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न) पु¥याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आ.व ०८१।०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । यसै गरीे कम्पनीका रजिष्टर्ड कार्यालय का.जि.का.म.न.पा.१०, नयाँ बानेश्वरबाट परिवर्तन गरि का.जि.का.म.न.पा. ०१, नक्साल, काठमाण्डौं कायम गरि सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्तव्यकै क्रममा कम्पनीका अध्यक्षले यस कम्पनिको मूल्य मान्यता एवंम अवलम्बन गरिएको कुशल व्यवसायीक नीति संस्थागत सुशासनको सफल कार्यान्वयन तथा कम्पनिमा कार्यरत दक्ष जनशक्तिको कार्यदक्षताले सर्वसाधारण सेवाग्राही बीच आफ्नो पृथक पहिचान स्थापित गर्न हामी प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसुचकहरुमा निरन्तर वृद्धि गरी आएको छ र आगामी वर्षहरुमा पनि यस कम्पनीलाई गुणस्तरीय तथा दिर्घकालिन व्यवसाय मार्पmत जीवन बीमाक्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहेको जानकारी गराउनुभयो । मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गर्नुभयो ।

कम्पनीको आठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, उपस्थित अतिथीगण तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारण सभा समापन गर्नुभयो ।

प्रतिकृया