• ४ असोज २०८३, आइतबार
  • ६ः५७ बेलुका

शेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्व ५६ करोडको कारोबार

प्रकाशित मिति

२०८१ चैत्र ७ गते, बिहीबार ०३:५९

चैत्र ७, २०८१ काठमाडौँ: साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्व ५६ करोड रुपैयाँको कारोबार भएको हो ।

National Life

आज कारोबार भएकामध्ये ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घटेको छ । बाकी ७ को कम्पनीको स्थिर रहेको छ । आज जीवन बीमा सेक्टर ०.०३ प्रतिशत बढेको छ ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेको छ भने बैंकिङ ०.३७, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.६४, लगानी ०.१०, माइक्रोफाइनान्स ०.५५ र निर्जीवन बीमा ०.९६ प्रतिशतले घटेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिकृया