• ३ असोज २०८३, शनिबार
  • ३ः३८ दिउँसो

राष्ट्रिय सभा बैठकमै ढले कांग्रेस सांसद भट्ट

प्रकाशित मिति

२०८१ माघ २० गते, आईतवार ०३:०३

माघ २०, २०८१ काठमाडौँ: राष्ट्रिय सभा सांसद नारायणदत्त भट्ट बिरामी भएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिन गएका भट्टको स्वास्थ्यमा एक्कासि समस्या देखिएको हो।

National Life

भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए । ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। चक्कर लागेका भट्टलाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले बाहिर लगेका थिए । उनको अहिले उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया