• ३ असोज २०८३, शनिबार
  • ११ः५७ राती

चीनद्धारा अमेरिकी सामग्रीमा कर छूट हुने भन्दै सूची जारी

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०८:३८

बेइजिङ्ग । चीनले अमेरिकाबाट आउने विभिन्न १६ वटा सामग्रीको आयातमा शुल्क नलगाइने भन्दै सूची जारी गरेको छ । सो सूचीमा क्यान्सर विरुद्धका औषधी र एनीमल फिडलगायतका सामग्रीसमेत रहेको जनाइएको छ । यद्यपि ५ हजार भन्दा बढी अमेरिकी उत्पादन भने अझै चीनको कर लगाइने सूचीमा रहेका छन् । अमेरिकासँगको वार्ताको अगाडि चीनले यसलाई सकारात्मक सन्देश दिएको हुन सक्ने विश्लेषकहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको प्रशंंसा गर्दै यो संकेतले दुई देशबीचको आगामी व्यापार वार्ता सकारात्मक हुने अपेक्षा गरेका छन् ।

National Life

प्रारम्भिक चरणको वार्ता यो महिनाको अन्त्यमा वाशिङटनमा हुने कार्यक्रम रहेको छ । त्यसभन्दा अघि अमेरिकी अधिकारीहरुले चीनका उपप्रधानमन्त्री लिउ हिलाई आउँदो अक्टोबरमा बेइजिङ्गमा भेट्ने छन् । अमेरिकी राष्ट्रपतिले भनेका छन्,‘‘उनीहरुले गएको राति केही राम्रा निर्णय गरेका छन् । मलाई लाग्छ उनीहरुले राम्रो काम गरेका छन् ।’’

यद्यपि अझैपनि अमेरिकाबाट चीन आउने सुँगुरको मासु, भटमास र अमेरिकामा निर्मित कार लगायतका सामानमा ठूलो परिमाणमा कर लगाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया