• ४ असोज २०८३, आइतबार
  • १ः०१ दिउँसो

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनलाई पदबाट बर्खास्त

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार १०:३६

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् । उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् ।

National Life

बीबीसीका अनुसार उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए । ट्रम्पले ट्विट गरे लगत्तै बोल्टन ट्विटरमै पछिल्लो घटनाबारे मत राखेका थिए । उनले आफूले राजीनामा बुझाएपछि ‘ट्रम्पले त्यसबारे भोलि कुरा गरौँ ’भनेको बताएका छन् ।

ह्वाइटहाउसले बीबीसीलाई बताए अनुसार चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन् । उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया