• ६ असोज २०८३, मंगलबार
  • ४ः०८ बिहान

कानूनी दायरामा पर्नु छ र सुध्रनु छ भने नेपालमा आएर आपराधिक गतिविधि गरे हुन्छ : महानिरीक्षक खनाल

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०१:२८

काठमाडौँ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आपराधिक गतिविधिमा लागेर कानूनी दायरामा आउन मन भए मात्रै नेपालमा आएर त्यस्ता गतिविधि गर्न चेतावनी दिएका छन । नेपाल पुलिस क्लब परिसरमा निर्माण हुने बहुउद्देयीय भवन शिलान्यास कार्यक्रममा महानिरीक्षक खनालले भने, ‘कानूनी दायरामा पर्नु छ र सुध्रनु छ भने नेपालमा आएर आपराधिक गतिविधि गरे हुन्छ ।’

National Life

महानिरीक्षक खनालले आपराधिक मनोवृत्ति लिएर कतिपय विदेशी नेपाल आउने गरे पनि ती नेपाल प्रहरीको नजरबाट नछिप्ने बताउदै भने, ‘हाम्रो संयन्त्र विदेशी आपराधिक मानसिकता भएकाले सोचेजस्तो कमजोर छैन । हामी त्यस्ता गतिविधि निस्तेजका लागि अब्बल छौं ।’

साइबर अपराध र मानव बेचबिखनका घटना बढेकाले प्रहरीको पहिलो प्राथमिकतामा यी विषय रहेको बताउदै उनले भने, ‘साइबर अपराध र मानव बेचबिखन अहिले हाम्रो पहिलो प्राथमिकतामा छ, ‘यसका लागि हामीले नागरिकसँग सहकार्य गरिरहेको छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया