• १६ भदौ २०८३, बुधबार
  • १:५९ बेलुका

समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव

प्रकाशित मिति

२०८१ कार्तिक २९ गते, बिहीबार ११:३७

कार्तिक २९ , २०८१ काठमाडौँ: यसै खबरदारी सभालाई सम्वोधन गर्दै पूर्वमन्त्री माओवादी नेता मातृका प्रसाद यादवले, -“संघर्ष नगरी न हुने भएको छ । समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धन विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ । हरेक पालिका र त्यसको वडाहरुमा खबरदारी कार्यक्रम गरी संघर्षको निमित्त संगठित हुनु आजको आवश्यकता रहेको” बताए ।

तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा. विजय कुमार सिंहले संविधान संशोधनको माग जनताको माग हो तर अग्रगामी संशोधनको माग हो भन्दै प्रदेशलाई निर्वाचन क्षेत्र तोकी पूर्ण समानुपातिक समावेशी पद्धति लागू गरिनु पर्ने माग गरे । डा. सिंहले थ्रेसहोल्ड समाप्त गर्नु पर्ने पनि भने ।

Kamana Sewa

हेमन्त कुमार यादवको अध्यक्षतामा सम्पन्न सो खबरदारी सभामा पूर्वमन्त्री महेन्द्र पासमानले काँग्रेस-एमाले आफ्नो वर्चस्व कायम गर्न खोजेको छ भन्दै संघीयता र समावेशिताको निमित्त हामी एक पटक फेरि कडा संघर्षको निमित्त तयार रहेको बताए । संविधान सभा सदस्य र माओवादी नेता जगतप्रसाद यादवले संविधानको संशोधन जनताको आकांक्षा अनुरुप हुनु पर्ने कसैको स्वार्थमा लहडमा गर्न खोजिए अस्वीकार्य हुने भनेका थिए । एकीकृत समाजवादीको नेता संविधान सभा सदस्य शीतल झाले पूर्ण समानुपातिक समावेशी निर्वाचन पद्धति नै अहिले निर्वाचनमा देखिएका विकृतिहरुको एक मात्र इलाज हो भने ।

Classic Tech Desktop

खबरदारी सभामा, पूर्व राज्यमन्त्री बोधमाया यादव,कुमार लामा लगायतले आफ्नो मनतव्य राखेका थिए ।

प्रतिकृया