• ६ असोज २०८३, मंगलबार
  • ११ः१० बिहान

हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु

प्रकाशित मिति

२०८१ कार्तिक २९ गते, बिहीबार १०:४५

कार्तिक २९ , २०८१ काठमाडौँ: हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको थियो । युद्धको क्रममा छ इजरायली सैनिकहरू मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिणी लेबनानमा भएको भिडन्तमा इजरायली सैनिकको मृत्यु भएको हो ।

National Life

योसँगै लेबनानमा हिजबुल्लाह विरुद्धको लडाईमा ज्यान गुमाउने इजरायली सैनिकको संख्या ४७ पुगेको छ ।

इजरायली मिडियाका अनुसार बुधबार इजरायली सैनिकहरूले एउटा गाउँमा छापा मार्दा भवनमा लुकेका चार हिजबुल्लाह लडाकूहरूले सैनिकहरूमाथि गोली प्रहार गरेका थिए। यस हमलामा सैनिकहरूले ज्यान गुमाएका थिए। इजरायली सेनाको जवाफी हमलामा चारै हिजबुल्लाह लडाकुको पनि मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आक्रमणमा ज्यान गुमाएका सैनिकहरू इजरायली सेनाको गोलानी ब्रिगेडको ५१ औं बटालियनका सिपाही थिए । यसअघि अक्टोबर २ मा लेबनानमा भएको आक्रमणमा आठ इजरायली सैनिकको ज्यान गएको थियो ।

इजरायली सैनिकको मृत्युमा इजरायली रक्षामन्त्री काट्जले हिजबुल्लाहविरुद्धको युद्धमा कुनै ढिलाइ नहुने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकको मृत्युप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । इजरायलले सेप्टेम्बर २३ मा लेबनानमा हिजबुल्लाह लक्ष्यहरू बमबारी गर्न थालेको थियो ।

इजरायली सेनाले लेबनानबाट क्षेप्यास्त्र आक्रमण असफल भएको बताएको छ । इजरायली सेनाले हिजबुल्लाहलाई दक्षिणी लेबनानको लितानी नदी पार गर्न खोजिरहेको छ ताकि यसको सिमाना सुरक्षित गर्न सकियोस् । हिजबुल्लाहले बुधबार तेल अभिभमा रहेको इजरायली सेनाको मुख्यालयमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ । तर, इजरायली रक्षा मन्त्रालयले हिजबुल्लाहको दाबी अस्वीकार गरेको छ ।

प्रतिकृया